काठमाडौं। आज सुनको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु. एक लाख ४२ हजार निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु। एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोला रु. ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु। एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु. एक हजार आठ सय १५ निर्धारण भएको छ