पर्सा। वीरगञ्ज महानगरपालिकामा स्थानीयका घरमा भएका चापाकल सुक्न थालेपछि खानेपानीको धारा जडान गर्नेको संख्या बढ्न थालेको छ। यसअघिसम्म चापाकल प्रयोग गर्नेहरुले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गर्न थालेका हुन्।
चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार ८१० घरधुरीले खानेपानीको नयाँ धारा जडान गरेको खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जले जनाएको छ।
२०८१ असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार २१० पुगेको संस्थानले जनाएको छ।