काठमाडौं। काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुने भएपछि शिवपुरीको धाप ड्यामबाट खानेपानी ल्याइने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी नआउँदा अब ड्यामबाट दैनिक ४ करोड लिटर पानी काठमाडौंमा ल्याउने भएको हो।
मेलम्चीको पानी आएपछि भने धापलाई उक्त पानी पैंचो तिर्ने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।
मेलम्चीको पानी नआउने भएसँगै अब पानी आउने रुटिन भने परिवर्तन हुने छ । अहिले जति दिनमा खाने पानी आउने गरेको छ, त्यो अवधि भने बढ्ने राईले बताए । पानीको आपूर्ति हेरेर एक दुई दिन भित्रै केयूकेएलले नयाँ रुटिनमा काम सुरु गर्ने बताइएको छ।