काठमाडौं। मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेका हुन्। त्यसमध्ये एकको मृत्युभएको छ।
फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको बताइएको छ। यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्।
बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (मृतक महिलाकी सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेकी छन्।