काठमाडौं। काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण कार्य रोकिएसँगै बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट पानी वितरण सुरु गरिएको छ। सोमबारदेखि मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबारदेखि धाप ड्यामको पानी वितरण गर्न थालिएको हो।
बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।
पछि मेलम्ची सञ्चालन भएसँगै धाप ड्यामको पानी पैंचो तिर्ने सहमतिमा धाप ड्यामबाट दैनिक चार हजारसम्म पानी वितरण गर्न थालिएको छ।