कपिलवस्तु। कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
मृत्यु हुनेमा यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका १७ वर्षको राजु ठाकुर छन् ।