काठमाडौं। मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्।
बुधबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको हो।
६० वर्षीया असरादेवी चौधरी (सासू) र २५ वर्षीया जेठी बुहारी फुला चौधरी बेपत्ता छन्। बाढीमा परेकी माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरीको सकुशल उद्धार गरिएको थियो।