काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट क्षतिग्रस्त एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बझाङको गोलाईस्थित बाल विकास माध्यमिक विद्यालयलाई पुनःनिर्माणको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
गत असोजमा गएको भूकम्पले उक्त विद्यालयको भवनका कोठा पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त भएका थिए।