काठमाण्डौं। प्राधिकरणले असोज १५ सम्म पनि सम्झौता नगर्ने इन्टरनेट सेवा प्रदायकहरुको तार काट्ने चेतावनी दिएको छ। गत विहिबार जारी गरेको सुचना मार्फत प्राधिकरणले नयाँ भाडादर अनुसार सम्झौता गर्न अनुरोध गरेको छ साथै बाँकी रहेको रकम भुक्तानी साथै नविकरण गर्न सुचना जारी गरेको छ। यदि यस्तो नगरेमा कुनै पनि बेला अप्टिकल फाइबर तथा अन्य उपकरणहरु हटाउने चेतावनी दिएको हो।
प्राधिकरणको सुचना अनुसार अप्टिकल फाइबर तथा विधुतिय संरचनाहरु भाडामा लिएर सेवा सञ्चालन गर्ने सेवाप्रदायक मध्ये केहिले नियमअनुसारको सम्झौता नै नगरी विधुत संरचनाको प्रयोग गरेको कारणले त्यस्ता सेवाप्रदायकले असोज १५ सम्ममा नियम अनुसार सम्झौता गरी हालसम्मको बाँकी बक्यौता रकम भुक्तानी साथै नवीकरण गर्नको लागि पनि सुचना जारी गरेको जनाएको छ।
सेवाप्रदायकहरुले समयमा सम्झौता नगरेमा उनिहरुले उपभोग गर्दै आएको विधुतिय संरचनाहरु अप्टिकल फाइबर लगाएत अन्य उपकरणहरु जुनसुकैबेला हटाउने हुँदा यसको जिम्मेवार सम्वन्धित सेवा प्रदायक संस्था रहने प्राधिकरणको चेतावनी रहेको छ।