रुकुम पश्चिम। रुकुम पश्चिममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका वडा नम्बर ८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको हो।
करेन्ट लागेर अन्य तीनजना महिला घाइते भएको प्रहरीले जनाएको छ। ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका छन् ।
छिमेकीको बारीमा मकै गोड्न गएका बेला बिजुलीको पोलबाट भुईँमा लत्रिएको तार झुपादेवीले छोएपछि करेन्ट लागेको थियो। उनलाई बचाउन खोज्दा अरुलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ।