रुकुमपश्चिम। पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझ रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौँ जाने यातायातका साधनहरू रोकिएको छ ।
रुकुम पूर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरू रोकिएका छन् ।
बिहीबार राती भएकोले पहिरो पन्छाउन कठिनाइ देखिएको र आज बिहानै पहिरो हटाउनको लागी एक्स्काभेटर त्यसतर्फ गएको बताइएको छ।