गोरखा। गोरखा जिल्लाको गोरखा नगरपालिका–११ रान्डी खोलामा एस्काभेटर दुर्घटना भएको छ। गोरखा सदरमुकामबाट तेह्र किलो हुँदै छेपे टारतर्फ जाँदै गरेको अन टेस्ट नम्बरको एस्काभेटर बिहीबार बेलुका ७ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा परी एस्काभेटरका चालक गोरखा नगरपालिका–१३ देउराली घर भएका वर्ष २४ का ईश्वर भट्टराई घाइते भएको प्रहरीले जनाएका छन्। ओरालो ढलान बाटो भएकाले ब्रेकमा समस्या आएर दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।
घाइते चालकलाई स्थानीय र प्रहरीको सहयोगमा जिल्ला अस्पताल गोरखामा पुर्याई उपचार भइरहेको बताइएको छ । घाइते चालकको टाउको र हातको भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।