फाइल तस्बिर
बागलुङ। बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती शुक्रबार राति पहिरोमा पुरिएका हुन्।
अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । स्थानीयले उनीहरूको खोजी गरिरहेका छन्।