गुल्मी। गुल्मीको मालिका गाउँपालिका–६ मा पहिरोमा पुरिएका एकै परिवारका पाँचजनाको मृत्यु भएको छ।
मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा उनीसहित पाँचजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ५६ वर्षीय भेषबहादुर, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपनाको मृत्यु भएको हो।