काठमाडौं। मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
चुक्ता पुँजी ७४ करोड ८४ लाख रूपैयाँ भएको मिडसोलु हाइड्रोपावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १ किचा ०।६०२४ को अनुपातमा ४८ लाख ७९ हजार ७१९ कित्ता सेयर बिक्री गर्ने भएको हो।
कम्पनीका विद्यमान सेयर धनीले असार २५ गतेदेखि साउन १३ गतेसम्म हकप्रदमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।