काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल चयन भएका छन् । तत्कालिन अध्यक्ष सञ्जिब न्यौपानेले आफनो व्यक्तिगत कारण देखाई दिनु भएको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई सञ्चालक समितिले चयन गरेको हो ।
साथै, कम्पनीको प्रबन्ध सञ्चालकमा समितिले रिक्त रहेको प्रबन्ध सञ्चालक फदमा नव नियुक्त सञ्चालक सन्तोष अधिकारीलाई नियुत्त गरेको छ ।