सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–१ पटौनामा हिजो दिउँसो खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ।
धान रोपाइँका लागि खेत जोत्दै हिँडेको ज १ त ५७५७ नं. को ट्याक्टर अनियन्त्रित भई पल्टँदा चालक हरिवन नगरपालिका–२ अत्रौली बस्ने ५० वर्षीय सहदेव राउतको मृत्यु भएको हो।
खेतको आली चढाउने क्रममा ट्याक्टर पल्टँदा चालक राउतको रोडाभेटरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरीले जनाएको छ।