काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ। बैंकले ऋणपत्र निष्कासनका लागि आवश्यक काम गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
आइतवार कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश खालिङ्ग र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले विक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।