काठमाडौं। रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जिप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँ बजारबाट तालावाङ तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो।
लु१ज ३२५२ नम्बरको उक्त जीप सडकबाट करिब ४०० मिटर तल खसेको थियो। गाडीमा १४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।