कैलाली। कैलालीको गौरीगंगा नगरपालिकामा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ। कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको हो।
काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ।