फाइल तस्बिर
धनकुटा। जिल्लाको महालक्ष्मीमा आगलागिमा परि तीन वटा घर जलेर नस्ट भएको छ। शुक्रवार राती महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित राम बजारमा आगलागी भएको हो।
स्थानीय मोहन भण्डारीको दुई तले घरबाट सुरु भएको आगो छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घरमा समेत फैलिएको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।