स्याङ्जा। जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ।
पहिरोले पुरिएर शनिबार दिउँसो बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरोको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर ज्यान गएको हो। उनीहरूको घर नजिक हिजो बिहान पहिरो खसेको थियो।
पहिरोको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो। उक्त पहिरामा परी ५ जना घाइते भएका छन्। उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो।