काठमाडौं। सप्तकोशी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ।
आज आइतबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ।
शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी ले बताए। अहिले ब्यारेजको ४६ वटा ढोका खोलिएको छ।