काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।