काठमाडौं। हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले १९ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा सर्केगाड गाउँपालिकाका तत्कालीन उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाय र कोषाध्यष सेतु रोकाया छन् ।