दोलखा। नदीमा बाढी आएका कारण बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन १७ घण्टापछि पूर्ण क्षमतामा सुचारु भएको छ। राती साढे १ बजेदेखि बन्द गरेको आयोजनाको प्लान्ट नदीमा बाढी घटेसँगै शनिबार साँझ ८ बजेदेखि पूर्णरूपमा सुचारु भएको हो।
शुक्रबाट साँझदेखि अविरल वर्षापछि नदीमा ठूलो बाढीपछि विद्युतगृह नै बन्द गर्नु परेको माथिल्लो तामाकोसी विद्युत उत्पादन गृहले जनाएको छ।