काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेको छ । आइतवार अपील जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित् निर्माण कम्पनीहरू÷व्यवसायीहरूलाई यथाशिघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। साथै विपतको समयमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित् सबै निकायलाई आ-आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न समेच महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई अपील गरेको छ । पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपील गर्दै महासंघले सरकारको यस अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।