काठमाडौं। बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ। अर्का एक महिला गम्भीर घाइते भएकी छन्।
राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोपिरहेका बेला मङ्गलवार बेलुका साढे ६ बजे चट्याङ परेको थियो ।
चट्याङ लागेर ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्यायको मृत्यु भएको हो ३० वर्षीया सलिना विकको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।