काठमाडौं। अविरल वर्षापछि पहिरो खस्दा पोखरामा १ जनाको मृत्यु भएको छ । पोखरा ममहानगरपालिका वडा नम्बर २७ स्थित सहेलपाटाका मन बहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षीय छोरा भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
५० वर्षकी कमला थापालाई भने सकुसल उद्धार गरिएको छ ।