पाल्पा। पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
बुधबार बेलुका पाल्पाको तिनाउ–३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ।
यस्तै स्कुटरको पछाडि सवारी विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको पाल्पा प्रहरीले जनाएको छ।