तनहुँ। तनहुँको सुडे साराङघाट क्षेत्रमा पहिरोले विद्युत सेवा अवरुद्ध भएको छ। दमौली सुडे साराङघाट खण्डमा पहिरोले १६ वटा विद्युतको पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो।
यस सडकखण्डमा ठाउँ–ठाउँमा पहिरो गएको र सेती नदीमा आएको बाढीले सडक भत्काउँदा विद्युत् मर्मतमा समस्या भएको विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।
साराङघाट सबस्टेसनबाट विद्युत् आपूर्ति हुने देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही भागमा विद्युत् अवरुद्ध भएको छ । सडकको पहिरो छिटो पन्छाएको खण्डमा विद्युत् मर्मत गराउन सहज हुने केन्द्रले जनाएको छ।