काठमाडौं। भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गरिने भएको हो।
सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनःनिर्माण शुरु गर्ने गरी हिजो काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरिन्।
३ वर्षमा ३४ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण गरिने सत्तलको शिलान्यास गर्दै उनले धार्मिक तथा ऐतिहासिक सम्पदा पुनःनिर्माण गर्न राजनीतिक रुपमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिइन्। उक्त सत्तलको पुनःनिर्माण काठमाडौं महानगरपालिकाले गर्ने भएको हो।