ढोरपाटन। पहिरोले बागलुङ नगरपालिका–१० भकुण्डेस्थित स्वास्थ्य चौकीमा क्षति पुगेको छ। माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको छ । स्वास्थ्य चौकीको आधा भाग पुरिएपछि स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्दैआएका छन् ।
स्वास्थ्य चौकीभन्दा माथिको जग्गामा चिरा परेकाले अझै पहिरो खस्ने खतरा रहेको स्वास्थ्य चौकीका प्रमुख उमेश सर्वुजाले जानकारी दिए । उनका अनुसार करिब एक सय मिटर माथिदेखि पहिरो खसेको छ । जोखिम मोलेर बिरामीको उपचार गर्नुपरिरहेको प्रमुख सर्वुजाले बताए ।