वालिङ। स्याङ्जामा हिजो कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ। पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्थिन्।