काठमाडौं। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा डा. मणिराज पोखरेल नियुक्त भएका छन् । असार २८ गते बसेको कम्पनीको सञ्चालक समितको बैठकले डा. पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत डा. जुगल भुर्तेलको कार्यकाल आगामी साउन २ गतेदेखि सकिँदैछ । आगामी कार्यकालका लागि भुर्तेलले आफ्नो व्यक्तिगत कार्य व्यवस्थताको कारण निरन्तरता दिन नसकेको जानकारी पाएसँगै कम्पनीले निमित्त प्रमुख कार्यकारी नियुक्त गरेको हो ।