काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ।
त्यसैगरी, आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ।
त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६२ पैसा र बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।