काठमाडौं। चार निर्माण कम्पनी र व्यवसायीलाई सरकारले कालोसूचीमा राखेको छ। समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीलाई कालोसूचीमा राखेको हो।
प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार सूचना निकालेर विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण कम्पनी र व्यवसायीलाई कालोसूचीमा राखेको जनाएको हो।
