रौतहट। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको गोनाही टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मंगलबार देवाही गोनाही–७ गोनाही टोलका चुनलीलाल पासवानको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै खेतमा विद्युतीय मोटरबाट सिँचाई गर्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो। गम्भिर घाइते भएका उनलाई तत्कालै सशस्त्र वेश क्याम्प देवाहीबाट खटिएका सशस्त्र प्रहरीले उपचारका लागि शिवनगर झाझ पुलस्थित ग्राण्डी अस्पतालमा लगेको थियो । उपचारकै क्रममा पासवानको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।