काठमाडौं। प्रहरी बोकेको गाडी दुर्घटनामा परेको छ। गाडी दुर्घटनाहुँदा ३० जना प्रहरी घाइते भएका छन्।
बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा कोशी प्रदेश प्रहरी कार्यालयको गाडी दुर्घटनामा परेको हो।
घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।