काठमाडौं। ट्रयाक्टरदुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्रयाक्टरदुर्घटना हुँदा ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो।
ट्रयाक्टर दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।