रोल्पा। इन्टरनेट जडान गर्ने फाइबरमा समस्या आएपछि रोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। दाङको भालुबाङ र लमही क्षेत्र आसपासमा इन्टरनेट जडान गर्ने फाइबरमा समस्या भएपछि मंगलबार बिहानदेखि नै रोल्पामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो।
वर्षाका कारण त्यस क्षेत्रमा सडक भत्केकाले इन्टरनेटको पोलमा समेत क्षति पुगेकाले सेवा अवरुद्ध हुन पुगेको हो । फाइबरमा समस्या आएपछि टेलिकमले वितरण गरेको ल्यान्डलाइन र फाइबर लाइनमा सेवा पूर्ण रुपमा बन्द भएको छ।
यतिबेला लाइन मर्मत गरेर शीघ्र सेवा प्रवाह गर्न पहल भइरहेको बताइएको छ।