एजेन्सी। चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा बुधबार साँझ १४ तले सपिङ सेन्टरमा आगोलागी भएको हो।
आगलागीबाट ३० जनाको उद्धार गरिएको छ। घटनास्थलमा बुधबार राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ।
भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। तर आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन।