काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा मनिषा थापा मगर नियुक्त भएकी छन । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले थापा मगरलाई सञ्चालकमा नियुक्त गरेको हो ।
बैठकले यस अघिका सञ्चालक श्रेय राज भण्डारीको राजिनामा स्वीकृत गर्ने निर्णय गरी थापा मगरलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सञ्चालक पदमा थापामगरलाई साउन २ गतेदेखि लागू हुने गरी नियुक्त गरेको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको छ ।