महोत्तरी। ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। पिपरा गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका हुन्।
पिपरा गाउँपालिकामा लागेको मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार चालकले तीव्र गतिमा ट्र्याक्टर चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको हो।