काठमाडौं। एनसेलका खुद्रा विक्रेताले मोटरसाइकल जितेका छन्। झापाको झापा गाउँपालिका–५ स्थित शिवबाबा किरानाका सञ्चालक नगेन्द्रप्रसाद गणेशले मोटरसाइकल जितेका हुन्।
उनले बजाज डिस्कभर बाइक जितेका छन्। एनसेलले आफ्ना खुद्रा विक्रेता र साना पसल गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न ‘बिक्रीमा बहार, विक्रेतालाई उपहार’ योजना ल्याएको थियो । यही योजना अन्तर्गत नगेन्द्रले मोटरसाइकल जितेका हुन्।