दाङ। राजपुर गाउँपालिका–६ राजपुर निवासी ६२ वर्षीय बुद्धिराम चौधरीको भीरबाट लडेर मृत्यु भएको छ। बाख्रा चराउन जादाँ भीरबाट लडेर उनको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार बुकी लेखबाट लडेर उनको मृत्यु भएको हो। शव पोष्ट मार्टमको लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।