काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा दुर्घटनामा परेर एक नेपाली महिलाको मृत्यु भएको छ। बाटो काट्ने क्रममा भ्यानले ठक्कर दिएर मोरङकी २८ वर्षीया अनिता पाख्रिनको मृत्यु भएको हो।
बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर बाटो काट्ने क्रममा भ्यानले ठक्कर दिएपछि अनिताको घटनास्थलमै मृत्यु भएको उनी काम गर्ने कम्पनीले जनाएको छ।
मृतकको शव अहिले दुबईको स्थानिय अस्पतालमा राखिएको र कानुनी प्रकृया पूरा गरेरनेपाल पठाउने कम्पनीले जनाएको छ ।