काठमाडौं। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एम्बुलेन्स तोडफोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले पार्किङ गरिराखेको एम्बुलेन्स तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडबाट एम्बुलेन्सको झ्यालको सिसा फुटेको र अन्य भागमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २७ वर्षीय अर्जुन वाइबा, मिक्वाखोला गाउँपालिका–३ लिबाङका ३१ वर्षीय कुमार शेर्पा र मेरिङ्देन गाउँपालिका–३ खाम्लुङका ३६ वर्षीय फुर्वाछिरिङ शेर्पा रहेका छन् ।