एजेन्सी। उत्तरी चीनमा रहेको एउटा राजमार्गको पुल बाढीले भत्काएर नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ। शुक्रबार राति करिब ९ बजेको समयमा बाढीले पुल भत्काउँदा ११ जनाको मृत्यु भएको हो।
दुर्घटनामा ३० जनाभन्दा बढी बेपत्ता भएको बताइएको छ। पुल नदीमा खस्दा २० वटा सवारी साधन पनि नदीमै खसेको समेत बताइएको छ।
हालसम्म नदीमा बेपत्ता भएका पाँच वटा गाडी भेटर उक्त गाडीभित्रबाट ११ जनाको शव निकालिएको समेत बताइएको छ।