तुलसीपुर। जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दाङको दङ्गीशरण–७ बोगटी नजिकै जीप दुर्घटना हुँदा १० जना घाइते भएका हुन्।
हिजो दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु १ ज १३८३ नंको जीप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।